कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?

​मौसमविद्लाई थाहा थियो, तर किसानले सूचना पाएनन्

रातोपाटी

काठमाडौँ

खेतभरि पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरू आकाशतिर हेरिरहेका छन्। धान पाकेर चुट्न ठिक्क भएका बेला असोज–कात्तिकमा अचानक परेको झरीले धेरै किसानको ओठतालु सुकाएको छ। कतिपय स्थानमा धानबाली नै डुबानमा परेको छ। कात्तिकमा बाढी रु धेरै मानिसलाई यसले अचम्ममा पारेको छ। विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार देशका धेरै स्थानमा घर भित्र्याउन ठिक्क भएको धानबाली वर्षाले क्षति पुर्‍याएको छ।

यो वर्षको मनसुन नेपालबाट बिदा भइसकेको छ। भीषण वर्षाका कारण धेरै ठुला प्राकृतिक प्रकोपका घटना पनि घटे। मनसुन बिदा भएपछि भने मौसम राम्ररी खुलेको थियो। तर, अचानक झरी पर्‍यो।

नेपालीहरूको ठुलो चाड दसैँलाई स्वागत गरिरहेको मौसम एक्कासि बदलियो। दसैँको टीकाको दिनभर खुलेको आकाशमा साँझदेखि बादल फैलिन सुरु ग–यो। त्यसको भोलिपल्टबाट देशका विभिन्न भागमा पानी पर्न सुरु ग–यो। सोमबार सुदूर पश्चिममा परेको अत्यधिक वर्षाले धेरै बस्ती तथा धानवाली डुबानमा पा–यो। दसैँ मनाएर धानबाली भित्राउन प्रतीक्षा गरिरहेका किसानका खेत पानीमा डुब्यो।
 

प्रकाशित मिति: : 2021-10-20 10:33:00

प्रतिकृया दिनुहोस्