'मानसिक समस्या हुनु बहुलाउनु हैन'

सेतोपाटी

काठमाडौं

'सुनिस् तैले? सुस्मिता त डिप्रेसनको औषधी सेवन गर्छे रे नि! मैले पनि हिजो मात्र थाहा पाएकी। उसलाई त्यस्तो भयानक रोग लागेको छ भन्ने हल्ला कतै नफैलियोस् भनेर परिवारमा सबै चुपचाप छन् रे। हैन त्यसलाई त कुनै कुराको पनि कमि थिएन। बुवा आमाकी एक्ली छोरी, पुलपुलिएर हुर्किएकी, उसले गरेका मागहरु मुखबाट नफुत्किँदै पूरा गरिदिन्थे बुवाले, पढाइमा पनि अब्बल थिई। गुरुबा, गुरुआमा, साथीभाइ सबैले औधी मनपराउथे। यत्तिको सुख भोग गर्न पाएको भए म त हातखुट्टा फालेर नाँच्दै हिँड्ने थिएँ। कठै! कस्तो दशा आइपरेछ।'

'त्यही भन्या, मलाई त साह्रै माया लागेर आयो विचरीको। त्यसलाई पक्कै कुनै कुराको नराम्रो असर पर्यो होला। फेरि यो रोग त साह्रै डरलाग्दो हुन्छ भन्छन्। यो रोग लागेकाहरुले त आफैँलाई हानी हुने काम गर्छन् रे। सही, गलत केही छुट्याउन सक्दैनन् रे उनीहरु। ओहो! म त अब झुक्किएर पनि त्यसको घर जान्न। यस्ता मानसिक रोगीहरुले त आफ्नो जीवनसँगै अरुको जीवन पनि बर्बाद पारिदिन्छन्।

मलाई त लाग्छ, यो सबै अनावश्यक तनाव लिने मानिसहरुलाई मात्र हुन्छ। आमाले पनि भन्ने गर्नुहुन्छ, 'आजकलका युवायुवतीले नचाहिँदो कुराहरु सोच्ने, बिना कारण आफ्ना विचारहरुमा विचलन निम्त्याउने हुँदा यस्तो रोग लाग्छ रे।

प्रकाशित मिति: : 2021-10-18 18:58:00

प्रतिकृया दिनुहोस्