रग्बीलाई चिनाउन कोचदेखि रेफ्रीको भूमिकामा कप्तान एलिसाको खटाइ

पहिलोपोष्ट

काठमाडौं

हेटौँडा : विश्व खेलकुदमा चर्चामा रहने खेल हो रग्बी। नेपालमा रग्बीको कुरा गर्ने हो भने भ्रूण अवस्थामै छ भन्दा फरक पर्दैन। धेरैजना यस खेल प्रति अनभिज्ञ छन्। नाम सुन्नेलाई पनि खेल कसरी खेलिन्छ भनेर थाहा हुन्न।

यस्तो अवस्थाबिच नेपालमा रग्बीलाई स्थापित गर्ने प्रयासमा छिन् नुवाकोटकी एलिसा थापा।

सानैदेखि नदेखेको र नखेलेको खेल। खेल कसरी खेलिन्छ भन्ने पनि थाहा थिएन उनलाई। फेसबुकमा माफर्त रग्बीबारे थाहा पाइन्। खेल प्रति उनको उत्सुकता जाग्यो।

पढाई चल्दै थियो। घरपरिवारमा बुझाउन पनि गाह्रो। तर पनि उनले खेलबारे बुझ्ने आँट गरिन्। नेपाल रग्बी संघका सचिव गोबिन्द घिमिरेसँग भेटिन्। खेलबारे बुझिन्। नियम बारे थाहा पाइन्। अनि आफूपनि रग्बी खेल्न इच्छुक रहेको सुनाइन्। अनि उनको यात्रा 'रग्बी पिच' तर्फ मोडियो।

प्रकाशित मिति: : 2021-10-18 17:24:00

प्रतिकृया दिनुहोस्