राजकुमार शर्मा
म्यान्मारमा बसोबास गर्ने नेपालीभाषी अर्थात् गोर्खाहरूले हर्षोल्लासका साथ विजयादशमी मनाएका छन्। यहाँका थ्रपै गाउँ–बस्तीमा नेपाली मूलका गोर्खाहरूको बाक्लो बसोबास छ।
पुरानो बर्मा अर्थात् म्यान्मारका नेपालीभाषीहरू नेपालजस्तै उमङ्ग र उर्जाका साथ नेपाली हिन्दू चाडपर्व मनाउँदैआएका छन्। रंगुन, माण्डले, मिचिना, मोगोक, टाउँजी, नाउँछो, नाम्टू, प्यिउल्वीन्, टमूलगायतका नेपाली बस्तीमा दशैंको छुट्टै रौनक हुने गर्दछ। तर याे वर्ष कोरोना महामारी र म्यान्मार सेनाको राजनैतिक ‘कू’ले देश संकटमा हुँदा दशैं पर्वमा थप उत्साहको देखिएन।
कोरोना र 'जुन्ता' त्रास एकैछिन बिर्सेर भएपनि बर्मेली–नेपाली समुदायले आफन्त र परिवारसँगै दशैं मनाएको छ। नेपाली तथा भारतीय मूलका प्रायःजसो सबैले यस्ता पर्वहरू आ–आफ्नो परम्परा र शैली अनुरूप मनाउँछन्।
म्यान्मारका गोर्खाहरूले दशैंमा बली चढाउँदैनन्। बली बिनाको दशैं मनाउँछन्। यहाँका नेपालीहरूले मान्यजनको हातबाट रातो र सेतो टीका ग्रहण गर्ने चलन छ।
प्रजातन्त्र र स्वतन्त्रताका लागि युद्ध मैदान उत्रिएका क्रान्तिकारी गोर्खाहरूले समेत आ–आफ्नो कार्यक्षेत्रमा दशैं मनाएका छन्। सेनाको क्रूरता र आतंकमा बाँचिरहेको म्यान्मारबाट सम्पूर्ण नेपालीजनमा मन–मन दशैं तथा तिहारको शुभकामना।
तस्विरमा हेर्नुस् केही बर्मेली–नेपालीहरूको दशैंः [सबै तस्विर– सामाजिक सञ्जाल]
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया