बिएल संवाददाता
नेपाली समाजमा अरू बेला जति मासु खाए पनि दशैँमा भने मासुको विशेष महत्व छ। भन्नु पर्दा दशैँमा तरकारी भनेकै मासु हो। मासु बिनाको दशैँ त खल्लो नै मानिन्छ। अहिले दशैँको माहोल छ, त्यसैले सबै जनाको घरमा खसीको मासु, सुँगुरको मासु, कुखुरा वा राँगाको मासु हुन्छ।
दसैंमा हामी अरू बेलाभन्दा अलि बढी मासु खाने गर्छौं साथै हिजोआज धेरैले मासुसँग अल्कोहलजन्य पेय पदार्थ पनि लिन्छन्। अत्यधिक मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपान एवम्ं धूम्रपान गरिने भएका कारण दसैँमा स्वास्थ्य समस्या पनि उत्पन्न हुन सक्छ, जसका विषयमा सबैजना सचेत हुनु आवश्यक छ।
दसैँमा खाने मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ। मासु प्रोटिनको राम्रो स्रोत हो। प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ। भिटामिन बी समुह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ। मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन। त्यसैले आउनुहोस् जानौं दसैँमा मासु पकाउनेबारे।
मासु कसरी पकाउने ?
ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ। मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ। टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन। टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ।
मासु आफै चिल्लो हुने भएकोले कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनुपर्छ। मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ। चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्राम सम्म खाँदा असर गर्दैन। शारीरिक श्रम गर्नेले भने ९० ग्राम सम्म खान सक्छन्। मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानुपर्छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया