अफगानिस्तानमा मानवीय सहायताको खाँचो छ : प्रधानमन्त्री मारिओ ड्राघी

Anadolu Agency
Anadolu Agency

 अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ।

अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन्। 

उक्त बैठकपछि उनले भने, ' हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ।'

इटालीले अफगानिस्तानको विषयलाई लिएर जि२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए।  

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए। त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन्। यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-10-13 13:39:00

प्रतिकृया दिनुहोस्