सुन प्रतितोला रु एक सयले बढ्यो

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ। छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु पाँचले बढेको छ। चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ।

प्रकाशित मिति: : 2021-10-10 12:25:00

प्रतिकृया दिनुहोस्