देउवाको गजेन्द्र ‘मोह’

आयोमेल

धैर्यकान्त दत्त

प्रधानमन्त्री शेरबहादुर देउवाले लामो रस्साकस्सीपछि शुक्रबार अन्ततः मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवालाई सरकारलाई पूर्णता दिन झन्डै तीन महिना लाग्यो।

सरकार प्रमुखमा नियुक्त भएर मन्त्रिपरिषदलाई पूर्णता दिन तीन महिना लगाउने देउवा पहिलो प्रधानमन्त्री बनेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाको आफ्नै पार्टीको किचलो, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायतका अप्ठ्याराका कारण उनी मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका दिएनन्।

मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा देउवा प्रतिपक्षीका साथै आफ्नै पार्टीका नेताहरूबाट आलोचित बन्नु पर्‍यो। यहाँसम्म कि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई ‘अक्षम’ को बिल्ला नै भिडाए।

देउवा आलोचित हुनुपर्ने कारणहरू पनि थिए। मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सम्बन्धित मन्त्रालयहरू नेतृत्वविहीन त थियो नै तीन महिनासम्म राज्य सञ्चालन पनि प्रभावित बन्यो।

पार्टी र गठबन्धनका अप्ठ्याराहरू छिचोल्दै तीन महिना लगाएर देउवाले पूर्ण बनाएको मन्त्रिपरिषद विवादरहीत रहन सकेन। मन्त्रीमा सिफारिस भएकाहरूको नाम दिउँसो शीतल निवास शीतल निवास पुग्यो। ती नामहरूमध्ये एउटा नाम थियो गजेन्द्र हमाल।

प्रकाशित मिति: : 2021-10-10 06:24:00

प्रतिकृया दिनुहोस्