युएईको अल्कुजमा सयपत्री ट्राभल्स संचालन

युएईको अल्कुजमा सयपत्री ट्राभल्स संचालन युएईको अल्कुजमा शुक्रबारदेखि सयपत्री टुर्स एण्ड ट्राभल्स संचालनमा आएको छ। लामो समयदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायीहरु विकास शाही र प्रेम श्रेष्ठको संयुक्त लगानीमा नयाँ ट्राभल्स संचालनमा आएको हो।

सांगीतिक कार्यक्रमको शिलशिलामा युएईमा रहेका नेपाली कलाकार सन्दिप न्यौपानेले ट्राभल्सको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा युएईमा क्रियाशिल नेपाली संघसंस्था तथा राजनीतिक दलका प्रवाश संगठनका प्रतिनिधिहरु सहभागी भएका थिए।

नेपालीहरुलाई लक्षित गरि संचालन गरिएको सयपत्री रेष्टुरेन्टको सफलताबाट हौसिएका युवाहरुले आफ्नै ट्राभल्सको सामुन्ने नयाँ ट्राभल्स संचालन गरेका हुन। यस क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेकोले ट्राभल्स व्यवसायमा समेत सफलता हासिल गर्ने कुरामा विश्वस्त रहेको संचालकद्व्यले बताए।

 

प्रकाशित मिति: : 2021-10-09 20:51:00

प्रतिकृया दिनुहोस्