एनआरएनए मेरील्याण्डका अध्यक्ष पराजुली सम्मानित

File Photo
File Photo

गैरआवासीय नेापल संघ (एनआरएनए) मेरील्याण्डका अध्यक्ष राजु पराजुली ‘बाल्टिमोर कन्ट्री एजुकेटीभ जोन–ए ओल्स्जेवस्की’ (जेआर)बाट सम्मानि भएका छन्। बाल्टिमोरस्थित बम्बई नाइट इन्डिएन किचनमा बुधबार आयाेजित नेपाली समुदाय र कन्ट्री एजुकेटीभ ओल्स्जेवस्की बीच अन्तरक्रिया कार्यक्रममा पराजुलीलाई सम्मानित गरिएकाे हाे। 

पराजुली एक चर्चित एवंम स्थापित व्यवसायी हुन्। उनले नेपाली समुदायकाे लागि काम गर्दै आएमा सम्मान गरिएकाे आयाेजकले बताएकाे छ। 

अमेरिकास्थित बाल्टिमोर धेरै नेपालीकाे बसाेबास रहेकाे ठाउँ हाे। यो क्षेत्रलाई कर्मभूमी बनाईरहेका धेरै सफल नेपाली छन्। सो कार्यक्रमा ओल्स्जेवस्कीले आफू सधैँ नेपाली समुदायसँग सहकार्य गरी अगाडि बढ्ने बताएका थिए। सो कार्यक्रमको संयोजन एनआरएन मेरील्याण्ड च्याप्टर तथा स्वंयम राजु पराजुलीले गरेका थिए।

पराजुलीका अनुसार नेपाली समुदाय र कन्ट्री एकजुकेटीभ बीच बाल्टिमोरमा भएको पहिलो अन्तरक्रिया हो। यस्ता कार्यक्रमले नेपाली समुदायका कुरा सरकार समक्ष पुर्याउन सक्ने तथा हक अधिकारका कुरामा सहज पहुँच पुर्याउन मद्दत गर्ने पराजुलीले बताएका छन्।

सो कार्यक्रममा एनआरएनए मेरील्याण्ड च्याप्टर अध्यक्ष पराजुलीले ओल्स्जेवस्कीलाई नेपाल भ्रमण निम्तो दिएका छन्। ओल्स्जेवस्कीले पनि आफूलाई नेपाल र नेपाली असाध्यै मन पर्ने हुनाले सगरमाथाको देश नेपालको परिवारको साथ समय मिलाएर चाँडै नेपाल भ्रमण गर्ने वचनबद्धता बनाएका छन्। 

प्रकाशित मिति: : 2021-10-08 17:24:00

प्रतिकृया दिनुहोस्