भारतमा कोभिडका कारण सुनसान बनेका पयर्टन क्षेत्रमा पुनः चहलपहल बढ्यो

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्वीर
फाइल तस्वीर

भारतको पर्यटन क्षेत्र पुनः खुलेसँगै पयर्टहरूकको चहलपहल बढेको छ। कोभिड महामारीका कारण एक वर्षदेखि बन्द पर्यटन क्षेत्र खुलेसँगै चहलपहल बढेको हो। महामारीको कारण देखाउदै प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्षको मार्चमा कडा लकडाउन घोषणा गरेका थिए।

गत वर्षको २० मार्चपछि पहिलो पटक विदेशी नागरिकहरूले भिसाका लागि निवेदन दिन पाउने भएका छन्। ‘भारत आउने सबै विदेशीलाई गृह मन्त्रालयले यही १५ अक्टोबरदेखि पयर्टन भिसा प्रदान गर्ने निर्णय गरेको छ’ गृह मन्त्रालयलले भनेको छ। यो सँगै व्यावसायिक उडानमार्फत भारत प्रवेश गर्ने विदेशी पर्यटकहरुले पर्यटनसम्बन्धी नयाँ भिषामा प्रवेश गर्न सक्नेछन्।

एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश भारतमा पयर्टन अर्थतन्त्रको मेरुदण्ड हो। सन् २०१९ मा १ करोड ९३ लाख पर्यटक भारत भित्रिएका थिए। यसअघि सरकारले कूटनीतिज्ञ र व्यापारीमा लगाएको प्रतिवन्ध खुकुलो बनाएको थियो।

१ अर्ब ३० करोड जनसंख्या भएको भारत कोभिडबाट नराम्रोसँग प्रभावित छ। अहिलेसम्म कोभिडबाट भारतमा साढे चार लाख जनाको मृत्यु भइसकेको छ। 
 

प्रकाशित मिति: : 2021-10-08 14:37:00

प्रतिकृया दिनुहोस्