माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

File Photo
File Photo

बंगलादेशलाई पराजित गर्दै  घरेलु टोली  माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ।

बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे। खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए।

जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ।  माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ।

पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो। बंगलादेशको यो पहिलो हार हो। यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो। बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ।

तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ। 

प्रकाशित मिति: : 2021-10-08 06:26:00

प्रतिकृया दिनुहोस्