अफगानिस्तान: तालिबानकाे हिंसाबाट विस्थापितहरू घर फर्किन थाले

Photo: Reuters
Photo: Reuters

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन्।

यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ।

ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित भएर बसेका थिए। पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन्।

उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकहरुले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ।

गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए।

प्रकाशित मिति: : 2021-10-06 06:06:00

प्रतिकृया दिनुहोस्