दशैँमा राजधानी छाडेर घर जानेको यो दु:ख (जनमत)

Breaknlinks
Breaknlinks

दशैँको नजिकिदै गएको छ। त्यो सँगै काठमाडौँ उपत्यका छाड्नेहरुको सङख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। 

दशैँ लाग्दै गर्दा राजधानी आएर बसेका व्यक्तिहरु मूल घर वा आफन्तकहाँ दशैँ मान्न जाने गर्छन्। त्यसैले उपत्यका छाड्नेको लर्कै लाग्छ। काठमाडौँ छाड्ने यति धेरै हुन्छन् कि दशैँ नलाग्दासम्म छिर्नै मुस्किल पर्ने काठमाडौँको बजारमा महाअष्टमीको दिनदेखि मान्छे देख्न पनि मुस्किल हुन्छ। दशैँमा सुनसान हुन्छ– काठमाडौँ।

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष काठमाडौँ छाड्नेको भीड गत कम छ। कारण, कोरोनाका कारण यसअघि नै धेरै मान्छे काठमाडौँ आएका छैनन्। कलेज बन्द भएकाले विद्यार्थीहरू पहिल्यै फर्किसकेका छन्।

दशैँमा उपत्यका बाहिर जाने यात्रुले टिकट नपाउने समस्या व्यहोर्नुपर्छ। यसै विषयलाई लिएर हामीले काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको काउन्टरमा टिकट काट्न गएकाहरुसँग हामीले प्रश्न गरेका थियौँ– डिजिटलाइज गरेपछि कत्तिको सजिलो भएको छ ? भाडा बढेकोबारे यात्रु के भन्छन् ?

जवाफ हेर्नुस्ः

प्रकाशित मिति: : 2021-10-05 19:47:00

प्रतिकृया दिनुहोस्