चट्याङले भाइकाे मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍याे

File Photo
File Photo

बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्।

साेमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ। मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाकाे शैल्यशिखरका दिपक महर घाइते भएका छन्।

मृतक लुहारका श्रीमती र एक छोरा छन्। 

स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेकाे स्थानीय मनिराम भुलले जानकारी दिए। उनीहरु भैंसी किनेर ल्याउँदै थिए। तर, ७० हजारमा किनेकाे भैंसी पनि चट्याङ लागेर मरेकाे छ।

– सीपी लोहिया

प्रकाशित मिति: : 2021-10-05 08:00:00

प्रतिकृया दिनुहोस्