६ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा खुम्चियो

फाइल तस्वीर
फाइल तस्वीर

साताको दोस्रो सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अंकको गिरावट आएको छ। कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो। ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ। यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै, ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ।

नेप्से परिसूचक घटेपनि आज चार वटा समूहमा सुधार आएको छ। लघुवित्त समूहमा ७२ अंकको सुधार आउँदा अन्य र होटल तथा टुरिजम क्षेत्रमा पनि सुधार आएको छ। यस्तै, जीवन बीमा समूहमा ५ अंकको सामान्य वृद्धि देखिएको छ। आज आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता १५४ रुपैयाँ कमाएका हुन्।

यसपछि, मैलुङ खोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ। यसैगरी, आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

प्रकाशित मिति: : 2021-10-04 16:54:00

प्रतिकृया दिनुहोस्