निमा रुम्बाको 'पागल प्रेमी टु' सार्वजनिक (भिडियाे)

नेपाली रजतपटको क्षेत्रमा आशिष श्रेष्ठ कुनै चर्चित नाम होइन। अमेरिकाको टेक्सासमा रहेर सुचना प्रविधिको आफ्नो मूल पेशा गर्ने उनलाई त्यस्ता चर्चाको खासै आवश्यकता पनि छैन।

केही बर्ष अघि 'सफर' नामक कथानक सिनेमा र केही छोटो सिनेमाहरुको निर्माण गरिसकेका श्रेष्ठले गायक निमा रुम्बाको चर्चित गित 'पागल प्रेमी' को दोस्राे भाग 'पागल प्रेमी टु' को म्युजिक भिडियो लिएर आएका छन्।

उक्त भिडियोलाई चमक धमकयुक्त बनाउन निर्देशक श्रेष्ठले गरेको परिश्रम र उनको कल्पनाशीलताबाटै उनको योग्यता झल्कन्छ। यो पङ्क्ति लेखिरहँदासम्म दुई लाखभन्दा बढीले हेरिसकेको यो भिडियोमा गायक रुम्बाको साथ अन्सिका शर्मा र उत्सब सिंहले पनि अभिनय गरेका छन्।

नव कलाकारहरुको अभिनय र अन्य प्राविधिक रुपले उच्चस्तरको बनेको यो भिडियोका सर्जक श्रेष्ठबाट अरु उत्पादनको पनि आशा गर्न सकिन्छ। यति हुँदा हुँदै पनि भिडियोको कथामा अपराधलाई भन्दा समाजका अन्य सकारात्मक अवस्थालाई देखाएको भए हुन्थ्यो कि भन्ने पंक्तिकारको व्यक्तिगत विचार छ, आशा छ यसलाई निर्देशक श्रेष्ठले सकारात्मक रुपमा लिने छन्।

सम्पूर्ण छायांकन अमेरिकामै गरेको यो म्युजिक भिडियोलाई छोटकरीमा भन्ने हो भने सम्झाउने र सम्झिने दुवै योग्य भयो भने सुखद परिणाम निस्कन्छ भन्ने प्रमाण हो।

समग्रमा एकपटक हेर्न सकिने यो भिडियोप्रति दर्शकहरुको सकारात्मक प्रतिक्रियालाई निर्माण टिमले आत्मसात गर्ने छ भने विश्वासका साथ निर्देशक श्रेष्ठलाई बधाई छ।

प्रकाशित मिति: : 2021-10-03 17:44:00

प्रतिकृया दिनुहोस्