मन्त्रिपरिषद् विस्तारमा थप किचलो, देउवा उपप्रधानमन्त्री राख्नै नचाहने, यादवको दाबी यथावत्

राजधानी दैनिक

काठमाडाै‌

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि मन्त्रिपरिषद् विस्तारमा किचलो बढेको छ। सरकार बनेको ८२ दिन बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकमा नेताहरूबीच गत बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको थियो। सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आबद्ध दलका नेताहरूसँग मन्त्रीको सूचीसमेत मागेका थिए।

तर, त्यसपछि सोमबार र मंगलबारको बैठकमा गठबन्धन आबद्ध एक घटक जसपाका अध्यक्ष उपेन्द्र यादव नै अनुपस्थित भएपछि मन्त्रिपरिषद् विस्तारमा ब्रेक लागेको थियो। त्यसयता भने गठबन्धनको बैठक बस्न सकेको छैन।

स्रोतका अनुसार जसपा अध्यक्ष यादव प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि असन्तुष्ट बनेका हुन्। उनी गत मंगलबारको बैठकमा बालुवाटार नगएर पार्टीको कार्यक्रममा सहभागी हुन भन्दै जनकपुर गएका थिए।

प्रकाशित मिति: : 2021-10-03 10:50:00

प्रतिकृया दिनुहोस्