'दिदी'को भाग्य भवानीपुरको मत पेटिकामा

Photo : PTI
Photo : PTI

भारतको दक्षिण कोलकातास्थित भवानीपुरमा तीन दिनअघि सम्पन्न उप–निर्वाचनको मत गन्ने काम शुरू भइसकेको छ।

तृणमूल कांग्रेसकी नेत्री तथा पश्चिम बङ्गालको मुख्यमन्त्री निरन्तरताका लागि ममता बनर्जी ‘दिदी’ले यो उप–चुनाव जित्नैपर्ने दबाब छ।

पश्चिम बङ्गाल विधानसभाको निर्वाचनमा आफ्नै पूर्वसहयोगीसँग हारेपछि मुख्यमन्त्रीमा उनकै निरन्तरताका लागि उप–चुनाव गराइएको हो।

यसअघि दुईपटक विधानसभा सदस्यमा निर्वाचित उनी अहिलेको उप–निर्वाचनमा भारतीय जनता पार्टीकी नेत्री प्रियंका टिबरेवाल र सीपीएम नेता श्रीजीब बिश्वाससँग चुनावी मैदानमा उत्रिएकी थिइन्।

पश्चिम बङ्गाल विधानसभा निर्वाचनमा दिदीले पूर्वी मिदनापुर जिल्लाको नन्दीग्रामबाट चुनाव लड्दै गर्दा भवानीपुर छाडेकी थिइन्। तर, उनले आफ्नै पूर्वसहयोगी तथा वर्तमान भाजपा नेता सुवेन्दु अधिकारीसँग १,९५६ मतले हारेकी थिइन्।

प्रकाशित मिति: : 2021-10-03 10:32:00

प्रतिकृया दिनुहोस्