जुम्लामा कांग्रेस अधिवेशन: प्रदेशमा पनि पाैडेल समूह बलियो 

नेपाली काँग्रेस जुम्लाकाे प्रदेश 'क' र 'ख'को निर्वाचनमा पौडेल समूह बलियाे देखिएको छ। शनिबार राति सकिएको मत परिणामले दुवै क्षेत्रमा पौडेल पक्षकाे पुरै प्यानल नै बिजयी भएको हाे।

प्रदेश 'क' काे सभापतिमा लक्षिमन बोहोरोले कुल ४९८ मतमा २४९ ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी विष्णु शाही (नारायण)ले २३१ मत प्राप्त गरे।

त्यस्तै, प्रदेश 'ख' को सभापतिमा कालीबहादुर बुढा बिजयी भएका छन्। उनले कुल ४९० मतमा २४२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी भीमनिधि हमालले १९९ मत ल्याएकाे सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए।

त्यस्तै प्रदेश 'क' काे दुबै उपसभापतिमा पौडेल पक्षकै रुपबहादुर रोकाया र तिलकप्रसाद न्यौपानेले क्रमशः २७९ र  २५० मत प्राप्त गरी विजयी भए। भने प्रदेश 'ख' दुबै उपसभापतिमा दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले बताए।

२३ सदस्यीय प्रदेश क्षेत्रीय कार्य समितिमा जुम्ला प्रदेश 'क'र 'ख' दुवैमा पौडेल पक्ष बलियाे देखिएकाे छ। पाैडेल पक्षले प्रदेशका १६ जना क्षेत्रीय प्रतिनिधिमा जितेको छ।

यसअघि दुवै क्षेत्रको मतगणना स्थगित भएकाे थियाे। प्रदेशको मतगणना शनिबार विहान ५ बजेदेखि स्थगित भएको हो। मतपत्र गणना गर्ने क्रममा विवाद भएपछि मतगणना स्थगित गरिएको थियाे।

प्रदेश (क) का मतदान अधिकृत हेमन्त महतका अनुसार तीन वटा पानाको मत थियो। 'मतपत्र मिलाउने क्रममा केही प्राविधिक त्रुटिले नमिल्दा समस्या आयो। त्यो मतपत्र बदर गर्ने र पुनः मतगणना सुरु गर्ने सल्लाह गर्ने भन्दाभन्दै सहमति नहुँदा मतगणना सुरु हुन नसकेको हो,' उनले भने।

प्रकाशित मिति: : 2021-10-03 07:16:00

प्रतिकृया दिनुहोस्