२४ घण्टामा ८६७ कोरोना संक्रमित थपिए

File Photo
File Photo

नेपालमा पछिल्लो २४ घन्टामा ८६७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार २१९ जनामा परीक्षण गर्दा ८६७ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६४२ जना पुगेका छन्। ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ९ र २ सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन्।

पछिल्लो २४ घन्टामा एक हजार १२३ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६७ हजार ८१९ पुगेको छ। नेपालमा संक्रमणमुक्त दर ९६.४ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १५७ जनाको निधन भइसकेको छ।

हाल देशभर ३५० जना सघन उपचार कक्ष (आईसीयू), ११२ जना भेन्टिलेटर, १६ हजार ३७१ जना होम आइसोलेसन, एक हजार २७१ जना संस्थागत आइसोलेसन र २३९ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित मिति: : 2021-10-02 17:28:00

प्रतिकृया दिनुहोस्