आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदमा शर्मा नियुक्त

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको मिति बिहीबार बसेको बैठकले सोही प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्ति गरेको छ।

संस्थाको केन्द्रीय कार्यालय, बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नातकोत्तर हासिल गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ।

निर्धन उत्थान बैंक लि.बाट शाखा प्रमुखको रुपमा कार्य सुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एनआईसी एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एन.आई.सि एसिया बैंकको सहायक कम्पनी एन आई एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही कार्य गरी छोटो समयमा संस्थालाई उचाईमा पु-याएको अनुभव छ।

शर्माले आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा बिशेष दख्खल रहेको छ।पदभार ग्रहण कार्यत्रmममा बोल्दै संस्थाका अध्यक्ष जगत बहादुर पोखरेल ज्युले शर्माको कार्यकालमा संस्थाले नयां उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे।

निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घि विकासमा सदैव आफुले सहयोग गर्न तयार रहने कुरा व्यक्त गरे।

हाल संस्थाले सात  प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७००० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको  छ। संस्थाले ४८००० क्रृणीमार्फत ४ अर्व ७८ करोड कर्जा लगानि र १ अर्व ३६ करोड निक्षेप संकलन गरेको छ।

प्रकाशित मिति: : 2021-10-01 17:10:00

प्रतिकृया दिनुहोस्