प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त

बिएल संवाददाता

नयाँदिल्ली
फाइल तस्वीर
फाइल तस्वीर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उनको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्: 'राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण उहाँ सिङ्गो देशको निम्ति समर्पित हुनहुन्छ।'

राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा  भारतको १४ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिनु भएको थियो।   

प्रकाशित मिति: : 2021-10-01 14:46:00

प्रतिकृया दिनुहोस्