जर्मन तानाशाह एडोल्फ हिटलरले आफ्नो शासनकालमा यहूदीमाथि क्रूर अत्याचार गरे।
झण्डै ६० लाख यहूदीहरूलाई 'ग्याँस च्याम्बर'मा अमानवीय रुपमा मारेका थिए, हिटलरले। उनकाे सपना भनेकै दुनियाँबाट यहूदीहरूको नाम मेटाउनू थियाे। यसकाे लागि उनले अमानवीय र क्रूरताकाे पराकाष्ठसम्म पुगेर के-के मात्र गरेनन् र ! तर उनकाे सपनाले भने पूर्णता पाउन सकेन।
उनकाे आँखा खुला हाेस् वा बन्द, यहूदीहरूलाई पत्तासाप गर्न उनले सपना देखे। तर दोस्रो विश्वयुद्धकै बीच सन् १९४५ अप्रिल २८ मा हिटलरका एकजना साथी र इटलीका तानाशाह बेनिटो मुसोलिनीको निर्मम ढंगले हत्या गरियो।
मुसोलिनीलाई गोली हानेर हत्या गरेपछि आक्राेशित जनताले शवमाथि नै ढुङ्गासमेत प्रहार गरे। जबकि हिटलरलाई यो घटनाबारे जानकारी भइसकेको थियो।
मृत मुसोलिनीप्रति इटली जनताकाे आक्रोश देखेरै उनी त्रसित बनिसकेका थिए। उनले आफ्नाे अन्तिम कार्यकालमा एडमिरल कार्ल डोनित्ज ओकलाई स्टेट हेड र जोसेफ गोयबल्सलाई चान्सलरसमेत नियुक्त गरेका थिए। त्यससँगै उनी प्रेमिका ईवा ब्राउनसँग निजी निवासमा बस्न थालेका थिए।
सन् १९४५ अप्रिल ३० मा तत्कालीन सोभियत सैनिकहरूले घेरेपछि उनले बर्लिनस्थित ५० फिट गहिरो बङ्करमा अन्तिमपल्ट सास लिए। र मुलतः उनले आफैलाई गोली हानी आत्महत्या गरे।
उनले आत्महत्या गरेलगत्तै पत्नीले पनि आत्महत्याकै बाटो रोजिन्। उनीहरु अन्तिमपटक सन् १९४५ अप्रिल २० मा आयोजित जन्मदिनको सार्वजनिक समारोहमा देखा परेका थिए। उनी प्रेमिका ईवा ब्राउनसहित कमाण्ड स्टाफहरूले घेरिएका थिए।
हिटलरले आत्महत्या गर्नुअघि सल्लाहकार तथा निकटहरूबाटै राम्रो साथ पाएनन्। कमाण्डर फेलिक्स स्टेनरले आदेश मान्नै छाडेको थाहा पाएपछि उनीभित्र विलयकाे भाव उत्पन्न भइसकेकाे थियाे। उनकाे दैनिकी विस्तारै तनावग्रस्तबाट बितिरहेकाे थियाे।
आफू लगभग विलयकाे हुन लागेकाे महशुस भएपछि उनले एकजना डाक्टरलाई आफ्नैसामु बोलाए र आत्महत्या गरे। अन्त्यमा दुश्मनको हातबाट मर्नुभन्दा आत्महत्या गर्नु नै उचित ठानेर यस्ताे कदम चालेका थिए।