लगातार घट्दै सुनचाँदीको मूल्य

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ। साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको हो। सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ। मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो।

त्यस्तै, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ। महासंघले हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-09-30 11:38:00

प्रतिकृया दिनुहोस्