सेयर बजारमा निरन्तर पहिरो, ७०.०१ अंकले घट्यो नेप्से

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ। अघिल्लो साता केहि सुधार देखिएको बजार यो साता निरन्तर ओरालो लागिरहेको छ। सेयर बजारले निरन्तर ओरालो यात्रा तय गरेसँगै लगानीकर्ताहरु दुबिधामा परेका छन्।

आइतबार ६१.२६ अंकले घटेको बजार सोमबार ७३.०५ अंकले घट्यो। आज मंगलबार पनि सेयर बजारको पहिरो रोकिएको छैन। आज सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० अंकमा पुगेको छ।

लाभांश घोषणाको सिजनमा पनि बजार बढ्न नसक्दा लगानीकर्ताहरुमा दुबिधा उत्पन्न भएको हो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जाको सीमा, तरलता र ब्याजदर बढ्नु लगायतका कारण पछिल्लो सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ।

प्रकाशित मिति: : 2021-09-28 15:41:00

प्रतिकृया दिनुहोस्