युरोपकै इतिहास ब्रेकः आइसल्याण्डको संसदमा महिलाको बहुमत

Photo : icelandmonitor.mbl
Photo : icelandmonitor.mbl

युरोपको इतिहासमै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन्।

आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले यहाँको संसदमा बहुमत सदस्य पुगेकाे देखाएको हाे।

आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२.३८ प्रतिशत सीटमा महिलाको विजय भएको हो।

विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला कानून निर्माण गर्ने तह संसदमा पुगेका छैनन्।

यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भएपनि उक्त रेकर्डलाई आइसल्याण्डले तोडिदिएको छ।

प्रकाशित मिति: : 2021-09-27 07:26:00

प्रतिकृया दिनुहोस्