बिएल संवाददाता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफू ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताएका हुन्।
पार्टीमा अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न नमिल्ने भन्दै उनले भने, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है। मैले भने सबै नेताहरुलाई हामी सम्मान गर्छु। त्याग, तपस्या, कुर्वानी उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि गर्नुभएको छ। त्यसप्रति सम्मान छ। तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ, यदि हामीले यो लथालिंग अवस्थामा१४ औँ महाधिवेशनमा पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौँ भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन है।
त्यही कारणले गर्दाखेरि मैले अनुभव बोकेको छु, देखेको छु। पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाँही ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लुजन ड्र गरेर अब चाहीँ ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागिरहेको छु।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया