बिएल संवाददाता
आफूलाई सधैँ अरुभन्दा अब्बल र कहिल्यै सानाे पर्दामा नदेखिने घाेषणा गर्दै आएकी नायिका साम्राज्ञी शाह पहिलो पटक म्युजिक भिडियोमा पनि देखिने भएकी छिन्l
उनले लामाे समयदेखि कुनै पनि म्युजिक भिडियाेमा नआउने ठाेकुवा गर्दै आएकी थिइन्। तर अन्ततः उनी पनि ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोमा देखिने भएकी हुन्।
म्युजिक भिडियो प्रमोसनको लागि फोटो सुट गर्दै गरेकी साम्राज्ञीको उक्त गीतमा गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको छ l गीतको शब्द डिपी खनालले कोरेका हुन्l
भिडियोमा साम्राज्ञीले कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग पहिलो पटक स्क्रीन सेयर गरेकी छन्l
भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बिच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। गीतमा माइकल चन्दको कोरियोग्राफी रहनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया