बेलायतको राजदूत नफेर्न गेसाेकाे माग

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायतको राजदूत नफेर्न आग्रह गरेको छ। गेसोले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भूपू सैनिकका समस्या समधानका लागि वार्ता चलिरहेकोले तत्काल राजदूत नफेर्न आग्रह हो।

राजदूत लोक दर्शन रेग्मीको सक्रियतामा बेलायतका रक्षा मन्त्री बेन बासेल र रक्षा राज्यमन्त्री लियो डोचेटी नेपाली दूतवास लण्डनमा गई नेपाल र बेलायत सरकारबीच १४ डिसेम्बरमा वार्ता हुने तयारी भएकोले राजदूतलाई नफेर्न गोसोको आग्रह छ। 

‘वार्ता उन्मुख प्रक्रियाका केन्द्रमा रहेका राजदूत रेग्मीलाई फिर्ता बोलाइए पश्चात हामी सम्पूर्ण पिडित ब्रिटिस भूपू सैनिकहरु अन्यौलमा पर्नुकासाथै चिन्तित पनि छौं।’ जारी विज्ञप्तीमा उल्लेख छ,‘राजदूत रेग्मीको फिर्ताले कहीँ कतै वार्ता नहुने पो हो कि भन्ने शंका पनि उब्जिएको छ। त्यसैले गोरखाहरुको समस्यालाई समधान नभइन्जेल राजदूत रेग्मीलाई निरन्तरता दिन गोरखा भूतपूर्व सैनिक संघ (गेसा) नेपाल सरकारसँग जोडदार माग गर्दछ।’

अघिल्लाे सरकारका पालामा राजनीति नियुक्ती पाएका राजदूतहरुलाई सरकारले फिर्ता बोलाउने निर्णयपछि राजदूत रेग्मी पनि नेपाल फिर्ता हुने तयारीमा रहेका बेला गेसोले यस्तो बताएको हो।

बेलायत सरकारले गोरखाहरुलाई २०५ वर्षदेखि विभेद गर्दै आएको भन्दै भूपू सैनिकहरु आन्दोलित छन्। 

यस्ताे छ विज्ञप्तीः

प्रकाशित मिति: : 2021-09-24 19:40:00

प्रतिकृया दिनुहोस्