बलिउड सुपरस्टार गोविन्दाका छोरा यशवर्धनले फिल्ममा डेब्यू गर्ने भएका छन्।
छोराको फिल्म डेब्यू लकडाउनका कारण ढिलाइ भएको भन्दै आमा सुनीता आहूजाले यशवर्धन फिल्मका लागि तयार भएको बताएकी हुन्।
‘यशवर्धनको बलिउड डेब्यू लकडाउनका कारण ढिलाइ भएको छ, अहिले हामी केही व्यक्तिसँग छोराको डेब्यूलाई लिएर कुराकानी गरिरहेका छौं, हामी राम्रो प्रोडक्सन हाउस र राम्रो स्टोरीको खोजीमा छौं, किनकि, यो उसको पहिलो फिल्म हुनेछ, उनले एक अन्तर्वातामा भनेकी छन्, ‘शवर्धन डेब्यूका लागि तयार भइसकेको छ, उसले लण्डनमा डान्स र अभिनय सबै सिकिसकेको छ भने अहिले भारत आएर एक्सरसाइज, जिम गरिरहेको छ, उनलाई कोरियोग्राफर गणेश आचार्यले डान्स सिकाइरहेका छन्, उसलाई रोमान्टिक र एक्सन फिल्ममा काम गर्ने इच्छा छ।’