बिएल संवाददाता
चिया, कफी पिउँदा ताजापन र आरामको आभास हुन्छ। तर एक दुई कप चिया वा कफीले दिनभरि थकान र तनाव कम गर्न काम गर्ने भए पनि धेरै चिया वा कफी पिउँदा यसले हानी पुर्याउन सक्छ। त्यसैले हरेक सानो तनावबाट मुक्ति दिलाउन कफी वा चिया पिउन सुरु नगर्नुहोस्।
यदि तपाईलाई धेरै कामको चाप भएसगैँ मुड खराब भएको छ र बारम्बार भेटघाट गर्दा तनावको स्तर बढ्छ भने त्यसलाई हटाउन सुख्खा फलफूल खाने गर्नुहोस्। यसले भोकलाई पनि शान्त गर्दछ।

चकलेटलाई सधैं स्ट्रेस बस्टरको नामले चिनिन्छ। त्यसैले काम गर्दा मुड वा तनाव जतिसुकै नराम्रो भए पनि चकलेटको सानो बाइट खानु फाइदाजनक हुन्छ। तर धेरै खाँदा मोटोपन पनि हुन सक्छ।

ताजा फलफूलको रस पिउँदा तनाव पनि कम हुन्छ। त्यसैले कामका कारण तनाव हुँदा चिप्स, कोल्ड ड्रिंक्सको सट्टा ताजा फलफूलको जुस पिउने प्रयास गर्नुहोस्।
यदि तपाई काम गरेर थकित वा तनाव हुनुहुन्छ भने सलाद वा फल दुवै लाभकारी हुन्छन्। यसमा विभिन्न पोषक तत्व हुन्छन् जसले हाम्रो शरीरमा तनावको स्तर कम गर्छ।

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया