नापोलीले लगातार निकाल्याे पाँचौ जित

Photo : SBSsports
Photo : SBSsports

इटालियन सिरी 'ए' फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ।

बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले लगातार जित निकालेकाे हाे।

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे। फाबियन र पिओटर जिलिनिस्कीले एक एक गोल गरे।

जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोडेर नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ।

साम्पडोरिया ५ अंक जोडेर १३ औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-09-24 06:32:00

प्रतिकृया दिनुहोस्