शिव श्रेष्ठ भन्छन्, 'मलाई राजनीतिमा चासो छैन'

File photo
File photo

नेपाली फिल्मका सुपरस्टार शिव श्रेष्ठले आफू कहिल्यै राजनीतिमा नलाग्ने बताएका छन्। 

पार्टीको सदस्यताका लागि धेरै प्रस्तावहरु आएको तर आफूलाई चासो नभएका कारण राजनीतिमा नलागेको उनले बताए। 

आफूले राजनीति गर्छु भनेर जीवनमा कहिल्यै नसोचेको भन्दै उनले भने, 'राजनीतितिर इच्छा हुन्थ्यो भने कलाकारितालाई निरन्तरता दिने थिइनँ। मलाई के लाग्छ भने सबैले आ-आफ्नो काम गर्नुपर्छ। तर, जुन पेशामा भए पनि सबैले राष्ट्रका लागि काम गर्नुपर्छ। राष्ट्रको काम गर्ने दायित्व राजनीतिज्ञको मात्र होइन, हामी सबैको हो।’
 
अहिले नेपालका लागि विषय बनेको एमसीसी उनी भन्छन्, 'एमसीसीको विषयमा जनताले जे भन्छन् म त्यसैको पक्षमा छु। म जनताको आवाज सुन्ने व्यक्ति हुँ। आम जनताले एमसीसी चाहिँदैन भनेका छन्, म पनि चाहिँदैन भन्छु।' नेपाली जनताक लागि नचाहिएको एमसीसी लागू गर्न नहुने श्रेष्ठको भनाइ छ। 

प्रकाशित मिति: : 2021-09-23 22:25:00

प्रतिकृया दिनुहोस्