फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

बिएल संवाददाता

सिन्धुपाल्चोक
File Photo
File Photo

पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले ६ लाख १० हजार सहयोग गरेका छन्।

लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ।

उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको  समन्वयमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ।

अहिलेसम्म उपचारमा ९ लाख खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग सङ्कलन थालिएको वडाध्यक्ष तामाङले बताउए। बेलायतबाट रु चार लाख १० हजार र इजिप्टबाट रु दुई लाख सहयोग प्राप्त भएको हो।

प्रकाशित मिति: : 2021-09-23 09:45:00

प्रतिकृया दिनुहोस्