बिएल संवाददाता
तरकारीले हाम्रो स्वास्थ्यलाई कुनै न कुनै तरिकामा फाइदा पुर्याउने काम गर्छ। विशेषगरी मौसमी सागसब्जीलाई खानपानमा समावेश गर्नुपर्छ। जसले मौसमी रोगबाट पनि बचाँउदछ। त्यस्तै तरकारीमध्येको एक हो, लौका।
जसले स्वास्थ्यमा फाइदा पुर्याउछ। यसलाई तरकारीको रुपमा मात्र नभई औषधीको लागि पनि प्रयोग गर्न सकिन्छ। लौकाको बोक्राले औषधीको काम गर्छ, जुन कुरा तपाई थाहा नहुन पनि सक्छ। त्यसैले थाहा पाउनुहोस् यसको सेवन गर्दा शरीरमा पुग्ने फाइदाबारे।
पाइल्स
यदि तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ भने लौकाको बोक्रा प्रयोग गर्नुहोस्। बोक्रालाई सुकाएर यसको पाउडर बनाउनुहोस्। अनि दिनहुँ पानीको साथ पिउनुहोस्। जसले राहत दिmाउन मदत गर्दछ।
ग्यास
यदि तपाईं ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने, तपाईं आफ्नो भोजनमा लौकाको बोक्रा समावेश गर्न सक्नुहुन्छ। यसमा फाइबर प्रशस्त मात्रामा पाइन्छ। जसले ग्यास, कब्जियत वा अपचको समस्याबाट राहत दिन्छ।
जलन
अत्यधिक गर्मीका कारण धेरै मानिसको खुट्टामा चिलाउने समस्या हुन्छ। यसबाट छुटकारा पाउनका लागि लौकाको बोक्राको प्रयोग गर्नुहोस्। छालामा यो दल्ने हो भने यसले राहत प्रदान गर्छ।
कपाल
लौकामा फोलेट, भिटामिन सी, भिटामिन बी, क्याल्सियम, आइरन र जिंक जस्ता पोषक तत्व पनि पाइन्छ। जुन कपालका लागि फाइदाजनक छ। यदि खानपानमा लौकाको बोक्रा प्रयोग गर्ने हो भने यसको असर तपाईको कपालमा पनि देख्न सकिन्छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया