रोगबाट बच्न चाहानुहुन्छ भने पिउनुहोस् यी जुस ! 

Scavengerhunt.com
Scavengerhunt.com

शरीलाई स्वस्थ तथा बलियो बनाउने हो भने निरन्तर उत्तम भोजनको सेवन गर्नु जरुरी छ। सन्तुलित खानाले तपाईंलाई रोगबाटसमेत बचाउन मदत गर्दछ। राम्रो  भोजनमा भिटामिन, खनिज र प्रोटिनजस्ता आवश्यक पोषक तत्त्वहरू हुनु आवश्यक छ।

यस्ता भोजनले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैरुघाखोकी, खोकी र फ्लू जस्ता मौसमी रोगहरूको जोखिमलाईसमेत हटाउँदछ।  शारीरिक क्षमता र उमेरअनुसार रोग प्रतिरोध क्षमतामा उतारचढाव हुन्छ। यदि तपाई आफ्नो प्रतिरक्षालाई पनि बलियो बनाउन चाहनुहुन्छ भने आहारमा पाँच प्रकारका जुस समावेश गर्नुहोस् जसले तपाईलाई फाइदाजनक हुन्छ।

सुन्तलाको जुस 
भिटामिन सी प्रशस्त मात्रामा हुने सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। सुन्तलामा ‘सी’ उच्च फाइबर र भिटामिन पाइन्छ र चाँडै भोक लाग्र्दैन। यो भिटामिन ‘बी’ कम्प्लेक्सको स्रोत पनि हो जसले हेमोग्लोबिनको मात्रा बढाउँछ।

Citrusindustry.net

गाजरको जुस
भिटामिन ए, सी र ई प्रशस्त मात्रामा पाइने गाजरको जुसले रुघाखोकी र खोकीबाट छुटकारा पाउन औषधीको रूपमा काम गर्छ।

खरबुजाको जुस
खरबुजाको जसको सेवन गर्नाले ताजा मात्र होइन मांसपेशीको कुनै पनि पीडाबाट छुटकारा दिलाउन मदत गर्दछ। भिटामिन ए, सी, म्याग्नेसियम र जिंकप्रशस्त मात्रामा पाइने खरबुजाले रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ।

Ediblephoenix.ediblecommunities.comकिवी र स्ट्रबेरीको जुस
यी दुवै फल एन्टिअक्सिडेन्ट हुन् र यसमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ जसले संक्रमणविरुद्ध लड्न मद्दत गर्छ।

Lifealth.com

प्रकाशित मिति: : 2021-09-22 14:31:00

प्रतिकृया दिनुहोस्