भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ महिनापछिकै सबैभन्दा थोरै

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ६ महिना पछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ। यो सङ्ख्या १८६ दिन पछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ। दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन्। योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ। ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ। 

प्रकाशित मिति: : 2021-09-22 14:07:00

प्रतिकृया दिनुहोस्