प्रमिला घिसिङ
विभिन्न देशमा चरेस तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको कपनबाट उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
हस्तकलाको सामानभित्र राखेर चरेस ओसारपसार गर्ने ९ जनाको गिरोहलाई प्रहरीले गरेको हो।
पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका ३ का ३६ वर्षीय श्याम प्रसाद रोका, सोही ठाउँका ३५ वर्षीय वीरबहादुर रोका मगर, ४४ वर्षीय दिलबहादुर रोका मगर रहेका छन्।
त्यस्तै, धादिङ गंगाजमुना गाउँपालिका ४ का ३३ वर्षीय अनिल बहादुर घले, सोही ठाउँका २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जित बहादुर तामाङ, नुवाकोटका ५२ बर्षीय सेसे भन्ने उर्पा तामाङ, सोही ठाउँका ३४ बर्षीय वीरबहादुर तामाङ रहेका छन्। त्यसैगरी नुवाकोटका ३६ बर्षीय कृष्ण तामाङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरुलाई कपनस्थित हस्तकला सामाग्री उद्योगबाट ७ किलो ६२४ ग्राम चरेससहित पक्राउ गरेको हो। उनीहरुले हस्तकलाको सामानभित्र चरेस राखेर कतार, हङकङ, कलकता पठाउने गरेको प्रहरीले जनाएको छ।
ब्यूरोका अनुसार उर्पाले विदेश जाने व्यक्तिहरूलाई विभिन्न तालिमसम्बन्धी नक्कली प्रमाणपत्रहरू बनाइ बिक्रीवितरण गर्दै आएको समेत खुलेको छ। पक्राउ पर्नेमा माथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया