नेपाली जनता दल र नेपाल दलित पार्टीबीच एकता सम्पन्न

नेपाली जनता दल र नेपाल दलित पार्टीबीच एकीकरण सम्पन्न भएको छ।

सोमबार बेलुकी संयुक्त पार्टी एकीकरण समारोहको आयोजना गरी 'नेपाली जनता पार्टी' घाेषणा गरिएकाे हाे।

०५१ सालमा गठन भएको नेपाली जनता दल पूर्वसांसद हरिचरण शाहले नेतृत्व गर्दै आएका थिए। त्यस्तै ०७० सालमा गठन भएको नेपाल दलित पार्टीलाई मेघबहादुर कामीले नेतृत्व गर्दै आएका थिए।

एकीकृत पार्टीको नाम तय भए पनि चुनाव चिन्ह, झण्डा, विधान, नियमावली तथा नेतृत्वका सन्दर्भमा भने एकीकृत कार्यदलले छलफल गरेर टुंगाे लगाउने छ।

कार्यदलमा रघु परियार, बिनोद रसाली, यामबहादुर जीसी, भक्त विश्वकर्मा, राम टमटा, स्वर्णिम लामगादे, रोशनी कर्माचार्य रहेका छन्।

विगत लामो समयदेखि संचालित 'एकता महाअभियान' अब एकीकृत पार्टी बनेको नेपाली जनता पार्टीले पनि निरन्तरता दिने बताइएको छ।

असोज १५ भित्र थप केही पार्टीसँग एकता हुन सक्ने पनि बताइएकाे छ। पत्रकार सम्मेलनमा बोल्दै नेतृत्वद्वय हरिचरण शाह र मेघबहादुर कामीले अब उपेक्षित, उत्पीडित तथा श्रमजीवी जनताको पक्षमा काम गर्ने दलहरूबीच एकीकरणको विकल्प नभएको बताए। 

प्रकाशित मिति: : 2021-09-20 21:36:00

प्रतिकृया दिनुहोस्