रामचन्द्र न्यौपाने
सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकको उपशाखाले स्थापना भएको ४४ वर्षपछि अत्याधुनिक बैंकिङ सेवा सुरु गरेको छ।
सोमबार देखि जिल्लामा शाखा रहेका अन्य सरकारी तथा निजि बैंकहरुले दिइरहेको बैंकिङ सेवा सरह कृषि विकास बैंकले पनि सेवा सुरु गरेको हो।
निरन्तरको प्रयासले आजबाट कृषि विकास बैंकले निक्षेप संकलन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एस.एम.एस सेवा, ए.टि.एम, डेभिड कार्ड, किसान कार्ड, डिम्याट, रेमिटलगायतका सम्पुर्ण बैंकिङ सेवा दिन सुरु गरिएको शाखा प्रबन्धक जनकराज रेग्मीले जानकारी दिए।
अब कृषि विकास बैंकले पनि जिल्लामा रहेका अन्य बैंक सरह सम्पुर्ण सेवा सुविधा दिने भएकाले एक पटक सेवा गर्ने मौका दिन सम्पुर्ण डोल्पाली नागरिकलाई प्रबन्धक रेग्मीले आग्रह गरे।
त्यतिमात्र नभई आज देखि सम्पुर्ण बैंकिङ सेवाहरु घरमै बसिबसी अनलाइन माध्यामबाट पनि लिन सकिने बैंकले जनाएको छ।
विस २०३४ सालमा स्थापना भएको डोल्पा शाखामा अहिले दुई सय साठी भन्दा धेरै ग्राहकहरु जोडिएका छन् भने साडे नौ करोड कर्जा लगानी भएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया