रामचन्द्र न्यौपाने
सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकको उपशाखाले स्थापना भएको ४४ वर्षपछि अत्याधुनिक बैंकिङ सेवा सुरु गरेको छ।
सोमबार देखि जिल्लामा शाखा रहेका अन्य सरकारी तथा निजि बैंकहरुले दिइरहेको बैंकिङ सेवा सरह कृषि विकास बैंकले पनि सेवा सुरु गरेको हो।
निरन्तरको प्रयासले आजबाट कृषि विकास बैंकले निक्षेप संकलन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एस.एम.एस सेवा, ए.टि.एम, डेभिड कार्ड, किसान कार्ड, डिम्याट, रेमिटलगायतका सम्पुर्ण बैंकिङ सेवा दिन सुरु गरिएको शाखा प्रबन्धक जनकराज रेग्मीले जानकारी दिए।
अब कृषि विकास बैंकले पनि जिल्लामा रहेका अन्य बैंक सरह सम्पुर्ण सेवा सुविधा दिने भएकाले एक पटक सेवा गर्ने मौका दिन सम्पुर्ण डोल्पाली नागरिकलाई प्रबन्धक रेग्मीले आग्रह गरे।
त्यतिमात्र नभई आज देखि सम्पुर्ण बैंकिङ सेवाहरु घरमै बसिबसी अनलाइन माध्यामबाट पनि लिन सकिने बैंकले जनाएको छ।
विस २०३४ सालमा स्थापना भएको डोल्पा शाखामा अहिले दुई सय साठी भन्दा धेरै ग्राहकहरु जोडिएका छन् भने साडे नौ करोड कर्जा लगानी भएको छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया