आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असाेजमा

फाइल तस्वीर
फाइल तस्वीर

आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो। 

प्रकाशित मिति: : 2021-09-20 12:19:00

प्रतिकृया दिनुहोस्