रामचन्द्र न्यौपाने
डोल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफालनै कायम हुनुपर्छ भन्ने पक्षमा ४३ जनप्रतिनिधिले हस्ताक्षर गरेका छन्।
आठौं नगरसभामा उपस्थित ४९ जनप्रतिनिधि मध्ये ४३ जना जनप्रतिनिधिले जुफालनै केन्द्र कायम गर्न सहमति जनाउँदै पक्षमा हस्तारक्षर गरेकाहुन्। जसमध्ये छ जना प्रतिनिधिले विपक्षमा हस्ताक्षर गरे भने दुई जना जनप्रतिनिधि अनुपस्थित भए।
यससँगै दुई तिहाई भन्दा पनि धेरै जनप्रतिनिधिहरुले नगरपालिकाको केन्द्र जुफालनै कायम हुनुपर्छ भन्नेमा हस्ताक्षरसहित सहमति जनाएपछि यस बर्ष नै नगरपालिको प्रशासकीय भवन बनाउन सुरु गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायले जानकारी दिए।
जुफालका स्थानीयले नगरको प्रशासकीय भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराएपनि दुनैका स्थानीयले मालपोत कार्यालयमा जान अवरोध गरेकाले पास हुन नसकेको रोकायको भनाई छ।
प्रथम नगरसभादेखि नै नगर प्रमुख गणेश बहादुर शाहीलाई जालसाँची गरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको आरोप लागेको छ।
आठौं नगरसभाबाट दुई तिहाई भन्दा धेरै जनप्रतिनिधिले जुफाल केन्द्र कायम गर्न सहमति जनाएपछि मेयरमाथि लागेको जालसाँचीको आरोप झुट सावित भएको जुफालका स्थानीयको बुझाई छ।
केन्द्र विवादकै बिषयलाई लिएर दुनैका स्थानीयले यस अघि नै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्।तर, मुद्धा भने किनारा लाग्न सकेको छैन।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया