नेपालको संविधान : आशाको बिम्ब तर धमिल्याइँदै कार्यान्वयन !

लोकान्तर

गोपीनाथ मैनाली

अपार उत्साहसाथ जनता नै सम्प्रभु भएर जारी संविधानले नेपालीहरूको सुदूर भविष्य बोकेको छ। यो नेपाली मात्रको आन्तरिक सहभाव र स्थीर भविष्यका गतिशील मार्गचित्र हो, जसको चाहना नेपाली जनताले साठी वर्ष अघिदेखि गर्दै आएका थिए र २०७२ आश्विन ३ मा मात्र पूरा भयो। 

नेपाली जनताले नै लेखेको नेपालको संविधानमा तीन मौलिक विशेषता राखेको छ। पहिलो, सङ्घीय गणतान्त्रिक लोकतन्त्र, दोस्रो, राज्यको पुनसंरचना र तेस्रो, सामाजिक समावेशिता। 

एकात्मक शासन प्रक्रियालाई परिवर्तन गरी शासकीय तहहरूलाई संवैधानिक रूपमा नै अधिकार, जिम्मेवारी र साधनस्रोतको अभ्यास गर्ने, तहहरूबीच नियन्त्रण र सन्तुलन गर्ने, आधारभूत विषयमा साझा स्वीकार्यता साथ तहगत सहकार्य गर्ने नेपाली मौलिकताको सङ्घीयता संविधानले स्थापना गरेको छ। यो अभ्यासमा रहेको द्वय, त्रयीभन्दा पनि सहशासनको संघीयता हो।

प्रकाशित मिति: : 2021-09-19 18:04:00

प्रतिकृया दिनुहोस्