सुनको मूल्य स्थिर, चाँदीको घट्यो

File photo
File photo

आज साताको पहिलो दिन (आइतबार) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो। यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ। आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएकाे छ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: : 2021-09-19 12:37:00

प्रतिकृया दिनुहोस्