तीन वर्षमा संविधान कार्यान्वयनमा महत्वपूर्ण कार्य गरेका छौं : प्रदीप ज्ञवाली

File photo
File photo

एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनको चरणमा पार्टीले फ्रन्टलाइनमा काम गरेको बताएका छन्।

एमालेद्वारा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै ज्ञवालीले सामाजिक न्याय, समानता, पछाडि परेका वर्गको अधिकारको हिसाबले प्रगतिशील संविधान बनाएको र संघीयता कार्यान्वयनमा गएको बताए। 'आर्थिक प्रशासनिक वित्तीय दृष्टिले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै पूर्णरूपमा कार्यान्वयनमा आएको छ,' उनले भने।

संविधान बहिष्कार गरेर र जारी भएपछि आन्दोलन गरेका शक्तिहरू मूलधारमा आएको उनले बताए। 'पृथकतावादी सीके राउतहरू आज अखण्डताको पक्षमा छ। शान्तिपूर्ण प्रवाहमा विप्लव आएको छ। तीन वर्षमा कार्यान्वयनमा महत्वपूर्ण कार्य गरेका छौं। एमालेले फ्रन्टलाइनमा काम गरेको छ। यसमा सुवास नेम्वाङको भूमिका महत्वपूर्ण छ,' उनले भने।

प्रकाशित मिति: : 2021-09-19 12:15:00

प्रतिकृया दिनुहोस्