अफगानिस्तानमा खुल्न थाले विद्यालय

Symbolic photo
Symbolic photo

तालिबानी विद्रोहीले  राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन्।

अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि  सञ्चालनमा आएका छन्। 

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन्। 

प्रकाशित मिति: : 2021-09-18 19:35:00

प्रतिकृया दिनुहोस्