मूर्ति टुँडालमै कुँदिन्छन्। टुँडालहरू मन्दिरका छानोलाई थेग्छन्। नकुँदिएका टुँडाल नांगो हुन्छन्। देखिन्छन् वस्त्रविहीन शरीर जस्तो। सभ्यता नबुझे जस्तो। अलंकारको महत्तव नबुझे जस्तो।
कलात्मक टुँडाल ! टुँडालका यौन मूर्तिकला ! एकआपसमा परिपूरक। आपसमा परिपोषक पनि। एकको अभावमा अर्को झन्डै रित्तो प्रायः। टुँडालबाट बने बनाइएको आधार वस्तु। आधार वस्तु दुई प्रकारमा। मूर्ति टुँडालमै कुँदिन्छन्। टुँडालहरू मन्दिरका छानोलाई थेग्छन्। नकुँदिएका टुँडाल नांगो हुन्छन्। देखिन्छन् वस्त्रविहीन शरीर जस्तो। सभ्यता नबुझे जस्तो। अलंकारको महत्व नबुझे जस्तो।
सभ्यताले मानिसलाई अलंकार लाउन सिकाए। अलंकारले मानिसलाई सभ्य तुल्याए। कति अन्योन्याश्रित ! नङ र मासु जस्तै। प्रिय प्रियसी बराबर ! सायद, त्यसभन्दा बेसी बढी पनि ! यिनलाई हामीले नै विश्लेषण गर्नुछ; गरौं। आखिर हामी मानिस। मानिस हामी ! प्राकृत प्राणी सबैले कहाँ गर्छन् ? मानिस अवतारले जस्तै। आमाको छ्यान सन्तानले चुस्नु परुञ्जेल त हो... ! हुर्केपछि मातृ सम्बन्ध कताकता... जे पनि बन्न सक्छ। हुन सक्छ। कलात्मक टुँडाल... टुँडालका यौन मूर्तितुल्य !
लरखरिएझैं अलि; खलबलिएझैं अलि ! होस हराएझैं। चेत गुमाएझैं। पाइलाहरू चालमा नभएझैं ! नखरा बनेझैं, लाग्न थाल्यो लरखराएझैं ! आफूभित्र आफैं नभए जस्तो टुँडाल देवी चढेझैं ! मथिंगलभित्र कम्पन भरेझैं। घाट न घरको भएझैं। टुँडालमा कुँडिएका विलक्षणयुक्त नग्न यौन मूर्ति। न मूर्तिकार–सर्जक–काष्ठ कलाकारका नामांकन पाइन्छ त्यहाँ... ! केवल राजा यक्ष मल्लका...। पशुपतिनाथ मन्दिर यो। निर्माणकाल नेपाल सम्बत् ६०५। अहिले नेपाल सम्वत् ११४१। मन्दिर निर्माण यस वर्षमा घटाउँदा सर्लक्क अंकगणित ठ्याम्मै मिल्न पुग्छ।