ट्वान्टी क्रिकेटको कप्तानी त्याग्दै विराट कोहली

Photo : AFP
Photo : AFP

भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।

काेहलीले यस पटककाे विश्वकप आफ्नाे लागि अन्तिम खेल भएकाे बताएका छन्। 

बिहीबार उनले ट्विटरमा लेखेका छन्, 'मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।'

प्रकाशित मिति: : 2021-09-17 06:12:00

प्रतिकृया दिनुहोस्