अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि

अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०.७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ। 

स्थानीय समय अनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकाङ्क १.८ प्रतिशतले कम भएपछि यो वृद्धिले छ खर्ब १८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको बिक्री गरिएको बताइएको छ। 

यो अवधिमा कार बिक्री ३.९ प्रतिशतले कम भएको तर तर खुद्रा बिक्री १.८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयले बताएको छ। 

महामारीका कारण बन्द अमेरिकी बजार खुल्न थालेपछि यहाँको अर्थव्यवस्थामा सुधार आउन थालेको छ। अमेरिकीहरूले महामारीपछि लामो समय बन्द पर्यटनलाई खोलेपछि गाडीको मूल्यमा वृद्धि भएको तर मूल्य वृद्धिका कारण कारोबारमा कमी आएको छ। 

कोभिड–१९ को डेल्टा भेरियन्टको बढ्दो सङ्क्रमण दरका बावजुद उपकरण तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा बिक्री ३.१ प्रतिशतले कम भयो भने रेस्टुरेन्ट तथा बारहरूको कारोबार पूर्ववत अवस्थामा रहेको छ। 

फर्निचर सामानको कारोबारमा ३.७ प्रतिशतले वृद्धि भएको छ भने किराना पसलको कारोबार १.८ प्रतिशतले वृद्धि भएको छ। जुलाईमा ४.६ प्रतिशतभन्दा कमी नाफा रहेको कारोबारमा अगस्टमा ५.३ प्रतिशत नाफा भएको अनलाइन कारोबार संस्थाहरूद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ। 

प्रकाशित मिति: : 2021-09-16 21:15:00

प्रतिकृया दिनुहोस्